हो, धेरै पल्ट महशुस हुन्छ यो कुरा मलाई। दिन प्रतिदिन अझ अल्छि अनि अझ बढी अल्छि हुँदैछु। जीवनमा कति धेरै काम गर्नु छ। अनि जिन्दगीलाई यसो नियालेर हेर्छु। कता कता कहाली लाग्छ। हैन केही पनि नगरि यो छोटो जीवनको अन्त त हुने हैन? झल्यास्स मलाई याद आउछ, सुबिन श्रेष्ठ दाइले भन्नु भएको एउटा लाईन – ‘यति मात्र गरियो, कति धैरै बाँकी रह्यो’। हुन पनि हो, के के न गरे जस्तो लाग्छ आँफैलाई, तर केही पनि गरेको छैन अहिले सम्म। धेरै थोरै मात्र गरे, अझ धेरै कुराहरु गर्नु छ यो जीवनमा। हुन त समय सबैको लागि उत्तिकै नै दिईएको छ, हरेक मानिसलाई बराबर। यही समयमा नै गर्नेहरुले के के गरी सके। म चाँही जही को तेही। यस्तो त भएन है भन्छु अनी मनमनै आँफैलाई उत्साह दिन्छु। अब देखी म अल्छि हुदिन भनेर संकल्प गर्छु मनमनै तर फेरी तेस्तै हुन्छ हालत। आखिर मान्छे न परे। साच्चै नै गाह्रो पो हुदो रहेछ बनाए जति सबै योजनाहरु पुरा गर्न।
हुन त सबै योजनाहरु पुरा नै हुनु पर्छ भन्ने त हैन। गरेको योजनाहरुमा एक दुईवटा राम्रो सँग पुरा भएपनि धेरै नै ठुलो कुरा भए जस्तो हुन्थ्यो होला। अब यही आशामा आउने दिनहरुलाई फलदायी बनाउने कोशीश गर्नेछु। जीवनको बिभिन्न परिस्थितीमा पनि खोला जस्तै निरन्तर बगीरहे अन्तमा आफ्नो गन्तब्यमा कसो नपुगिएला र?
3 comments
babaal cha sir. pragati hudai cha. keep it up.
wOw…sO niCe k..!!! molai ta ekdum maan parYO ta…nahaasa vannu vako hoina…??
..i kNow ur sO gR8….
mo nI alcHi chu..but yEsto chai lekHna aaudAina k..hehehe…
Um,
Alchee ta ma pani ekdam nai chu. Yo blogging herera ta malai pani kei garnu paryo jasto lageko cha.
Keep Writing.