झुठो हैन सत्य हो यो, एउटै मात्र जिउँदो सत्य…

2

Hey, here is one of my favourite Christmas song for you all. :)

झुठो हैन सत्य हो यो, एउटै मात्र जिउँदो सत्य
कथा हैन कल्पनाको, इतिहासको सिङ्गो तथ्य
इश्वर जन्मे मानिस भएर, आजको दिन धर्तिमा
(उनी हुन् नासरतको येशू, गाउ उनको महिमा) २
(भन जय हल्लेलुयाह, होसन्ना येशूको
उनी जगका उद्धारकर्ता, मुक्तिदाता सबको) २

(जन्म पछी मर्छ मान्छे, बाँची आफ्नै लागि
जन्म मृत्‍यु दुई किनार हो हरेक प्राणीलाई
येशू जन्मे मान्छे भई बाँच्न सबका लागि
मृत्‍यु पछी अर्को किनार स्वर्ग पुर्याउनलाई) २
उनको जन्ममा तारा हिड्यो, गाए स्वर्गदुतले
उनलाई खोज्ने ज्ञानीहरु र पाए गोठालाले) २

(एउटा जन्म, एउटा मृत्‍यु बुझेकै छ मानिसले
दोस्रो पल्ट जन्मिनुछ येशूलाई बुझ्न
ज्ञान र बुद्धी हार खान्छ यो अलौकिक सत्यमा
आत्माले नै मन्नु पर्छ म येशूको भन्न) २
(येशू जन्मेको बुझौ हामी, अनी मरौ आज
जन्मिनुछ शिशु बनेर उनकै आत्माबाट) २

Facebook Comments
 

1 comment

  1. Posted by Basanta Shrestha, at Reply

    Blessing Songs to all man.