
hey, i am prashanta from nepal and this is my personal blog with my portfolio and photo albums. browse all pages to see my works or to follow my thoughts. Read more »
LATEST PROJECT: LyricsBox.com.np
शुन्यतामा बिलाउँदैछ यो जीवन
अन्धकारले घेर्दैछ चारैतिर
बिर्सन खोज्दैछु सबै पिडाहरु
केबल याद मात्र बाँकी छ ।
सक्दिन अब सुन्न कसैलाई
न त सक्छु सुनाउन कसैलाई
रुँदिन अब भन्दा भन्दै
अनायासै आँशु बग्न थाल्छ ।
हराउँदैछु मेरो जिन्दगीको बाटो
रोकिन थालेको छ पाइलाहरु
सपनामा नै थाकिसके नयनहरु
अझ कति बोकुँ उधारो सपनाहरु ।