पूर्ण नसम्झ आफैलाई…

April 9, 2009

पूर्ण नसम्झ आफैलाई, यही भ्रममा जीवन फाली
खोजी हेर आफ्नै मुटुको, एउटा कोठा सधैं पाउछौ खाली

पैसा र धनले यो भरिदैन, नामै र कामैले यो पुरिदैन
जबसम्म येशू नाउँको आधार, मानिसले जीवनमा रोज्दैन
जो आए धर्तिमा यो रित्तो भर्नलाई
हरेकको जीवन पूर्ण गर्नलाई
आउ येशूमा आउ, उनको हात समाउ
हिंडेर उनको पाइलाहरुमा, जीवनको पूर्ण अर्थलाई पाउ

शान्ती पाएँ भनी आफैलाई, सान्त्वना लिन नखोज यहाँ
सोंची हेर आज संसारमा सत्य शान्ती नै छ र कहाँ

मुटुका धेरै धेरै प्रश्नको जवाफ बुद्धीले भेटिदैंन
जबसम्म येशू नाउँको आधार, मानिसले जीवनमा रोज्दैन
जो आए धर्तिमा यही उत्तर दिनलाई
आफै बली भई मरेर
आउ येशूमा आउ, उनको हात समाउ
हिंडेर उनको पाइलाहरुमा जीवनको पूर्ण अर्थलाई पाउ


More…

Tags: ,

1 Response

  1. Samu Shrestha

    April 14th, 2009

    Thanks a for adding such a wonderful Lycrics to your blog!

Leave a Reply