Blog

यो शहरको परमेश्वोर

5.01.2010 | Blog

आज, शनिबार, बिहान ९ बजे पुल्चोक कोठाबाट चर्च जानको लागि निस्किए। तर यो माओबादिको खै के कुन्नी हो, भाडाको सवारी साधन नै चलेको रहेनछ। तै पनि बिस्तारै हिड्दै कालोपुल जान तम्सिए अनि गीत सुन्दै म आफ्नो बाटो लागे। कुपोन्डोल पुगे पछी दर्शन दाईलाई फोन गरे अनि थापाथलीबाट कालोपुल सम्म ट्रिपल लोड चर्चमा पुग्न सके। अर्पण दाई नि हुनुहुन्थ्यो। हे… हे… नेपाली भाषामा ब्लगिङको यो मेरो पहिलो अनुभब हो है। अँ चर्चमा आजको समय पनि आशिष्मय नै भयो। सेवा पछि खाजा खाएर जीवन, म अनी प्रेम फेरी हिड्दै रत्नमान अंकलको घरमा गएर केही बेर बसी संगती गर्ने मौका भयो। सोही समयमा गाएको एउटा गीत यहाँ शब्दहरु साथै भिडियो पनि राखेको छु। यो गीत अङ्रेजीबाट नेपालीमा समुएल कार्थक दादाले गर्नु भएको हो।

यो शहरको परमेश्वोर

यो शहरको परमेश्वोर
यी मानिसहरुका राजा
यो राष्ट्रको प्रभु
तपाईं

अन्धकारमा ज्योति
आशा बिहिनका आशा
आशान्तमा शान्ति
तपाईं

हाम्रो जस्तो परमेश्वोर
छैन कोही यहाँ

महान काम हुन बाँकी छ
महान काम हुन आउनेछ
यो शहरमा

अनि अङ्रेजिमा चाँही यस्तो छ है।

God of the City

You’re God of this city,
You’re the King of these people,
You’re the Lord of this nation,
You are…

You’re the Light in this darkness,
You’re the Hope to the hopeless,
You’re the Peace to the restless,
You are…

For there is none like our God,
there is none like You, God!

Greater things have yet to come,
and greater things are still to be done in this city!
Greater things have yet to come,
and greater things are still to be done here.

लौ अब भिडियो पनि हेर्नु है त! :)


More posts…


Responses

Jeewan
5.02.2010

Yes there you go…estai vaneko kya…bujyou???

Comments